• कागजात तयारी/प्राप्त गर्दा ध्यान दिनुपर्ने केही विषयहरू
  • साझेदारी सम्झौता, भाडा सम्झौता, स्वामित्त्व हस्तान्तरणको लिखत (नामसारीको हकमा), हक हिस्सा छोडपत्र लगायतका आपसी सम्झौताहरू सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराउनु पर्छ ।
  • सर्जमिन मुचुल्का तयारी गर्दा उद्योगको जग्गासँग जोडिएका सबै कित्ताहरूको प्रतिनिधित्त्व हुने गरी साँधसधियारको उपस्थिति हुनु पर्छ । कम्तिमा ७ जना व्यक्ति उपस्थित नभइ गरिएको सर्जमिन मुचुल्का मान्य हुँदैन । सर्जमिन मुचुल्का वडा कार्यालयबाट प्रमाणित भएको हुनुपर्छ ।
  • सर्जमिन मुचुल्कामा उद्योगको नाम (प्रस्तावित समेत), उद्योगधनीको नाम, जग्गाधनीको नाम, उद्योगस्थलका सबै कित्ता नं., चारकिल्लाका सबै कित्ता नं., उद्योगको उद्देश्य/वार्षिक क्षमता खुलेको हुनुपर्छ । उद्योग सञ्चालनले चौतर्फी साँधसधियार, सार्वजनिक स्थलहरू (जलस्रोत, वन क्षेत्र, विद्यालय, मठमन्दिर लगायतका धार्मिक सामाजिक सम्पदा, अस्पताल/स्वास्थ्यचौकी, बाटोघाटो आदि), मानव वस्ती र कृषिजन्य भूमिलाई बाधा पर्ने/नपर्ने, जनस्वास्थ्य तथा वातावरणलाई प्रतिकूल असर पर्ने/नपर्ने व्यहोरा उल्लेख भएको हुनुपर्छ । उद्योगस्थल नजिकको अन्तराष्ट्रिय सीमाक्षेत्र र उद्योगस्थल नजिकको घनाबस्ती, वन र अन्य संवेदनशील क्षेत्रसम्मको दुरी उल्लेख भएको हुनुपर्छ ।
  • उद्योग दर्ताका लागि भाडामा लिइने/ खरिद गरिने/ प्रयोग गरिने जग्गाका कित्ताहरू एक आपसमा जोडिएका हुनुपर्छ । एक आपसमा नजोडिएका कित्ताहरूलाइ एउटै उद्योगको हिस्सा मान्न सकिदैँन ।
  • सहमति/स्वीकृति/सिफारिस प्राप्त गर्नुपर्ने निकायबाट प्राप्त सहमति/स्वीकृति/सिफारिस पत्रमा आधिकारिक व्यक्तिले सहीछाप गरेको हुनुपर्छ ।
  • उद्योगस्थलको चार किल्ला खुलाउँदा उद्योगका लागि प्रयोग गरिने जग्गालाइ एक ढिक्का मानी त्यसको चारै तिरका सबै जग्गाको कित्ता नं. खुलेको हुनुपर्छ । उद्योगस्थललाइ छुने नदी/सडक/नहर इत्यादि भए सो समेत खुलेको हुनुपर्छ ।
  • अख्तियारनामामा अख्तियारी दिइएको व्यक्तिको परिचय खुल्ने विवरण र अख्तियारी दिइएको प्रयोजन स्पष्ट खुलेको हुनुपर्छ । अख्तियारनामामा आधिकारिक व्यक्तिले सहीछाप गरेको हुनुपर्छ ।

उद्योग तथा व्यापार व्यवसाय दर्ता प्रकिया लगायतका विषयमा जानकारी लिनका लागि सम्पर्क गर्न सकिने कार्यालयहरूको विवरण

कार्यालय फोन नं. मोबाइल नं. इमेल
घरेलु तथा साना उद्योग कार्यालय, इलाम ०२७-५२००२३ ९८५२६८५०२३ ilamcsidb@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, उदयपुर ०३५-४२०२०२ ९८५२८३५६०६ csidbudayapur@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, ओखलढुङ्गा ०३७-५२०१०६ ९८५२८४०६०६ csidbokhaldhunga@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ ०३६-४२०१०६ fdgfdg csidbkhotang@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, झापा ०२३-४५५०२८ ९८५२६५५०२८ csiojhapa@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, ताप्लेजुङ ०२४-४६०१०६ ९८५२६६०१०६ csidbtpj@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, तेह्रथुम ०२६-४६०११७ ९८५२०७०११७ csidb13thum@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा ०२६-५२२२८५ ९८५२०६१२८५ ghareludhankuta@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, पाँचथर ०२४-५२२१०६ ९८५२६२०१०६ csidbpanchthar@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर ०२९-४२०११९ ९८५२०६१११९ gharelubhojpur@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, मोरङ ०२१-४६२७१४ ९८५२०६२७१४ csiobrt@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, सङ्खुवासभा ०२९-५६०११३ ९८५२०५८११३ csidbsankhuwasabha@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, सुनसरी ०२५-५८१९९२ ९८५२०५२१५८ csiosunsari@gmail.com
घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बु ०३८-५२०१०६ ९८५२८५११०६ csidbsolu71@gmail.com