क) उद्योग दर्ताको लागि आवश्यक कागजात

कोशी प्रदेश भित्र उद्योगस्थल रहने गरी उद्योग दर्ताका निवेदन दिँदा देहायका कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

१. रीतपूर्वक भरेको उद्योग दर्ता निवेदन र परियोजनाको विवरण

२. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि

३. उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवा, आवश्यक कच्चा पदार्थ, मेशिनरी विवरण, रोजगारी, विद्युत शक्ति खपत सहित खुलेको परियोजना प्रस्ताव (फाइनान्सियल स्कीम) -२ प्रति

४. जग्गाधनी लालपूर्जाको प्रमाणित प्रतिलिपि

५. भाडामा लिएको हकमा, जग्गा/घर भाडा सम्झौता वा मञ्जुरीनामा

६. उद्योग रहने स्थानको नक्सांकन सहितको विवरण

७. स्थानीय तहबाट भएको सिफारिस पत्र

८. स्थानीय तहबाट चारकिल्ला प्रमाणित पत्र

९. चौतर्फी साँधसधियार सहित न्यूनतम ७ जना सम्मिलित सर्जमिन मुचुल्का (घनाबस्ती, वन वा अन्य संवेदनशील क्षेत्रको दुरी तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको जिल्लाको हकमा, नजिकैको अन्तरार्ष्ट्रिय सीमानासम्मको दुरी खुलेको विवरण सहित)

१०. फर्म दर्ताको हकमा, कबुलियतनामा

११. साझेदारी फर्मको हकमा, साझेदारी सम्झौता

१२. कम्पनीको हकमा, कम्पनी दर्ता प्रमाणपत्र, स्वीकृत प्रवन्धपत्र, नियमावली, कर दर्ता प्रमाणपत्र तथा संचालक समितिको निर्णय

१३. कम्पनीको दर्ता एक आर्थिक वर्ष अगावै भएको भए, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

१४. कम्पनी दर्ता पश्चात् पुँजी, शेयरधनी रजिष्टर्ड कार्यालय लगायतको संशोधन भएको भए, अद्यावधिक शेयर लगत, संशोधन सम्बन्धी पत्र, निर्णय लगायतका कागजात

१५. अन्य निकायको सहमति/स्वीकृति आवश्यक पर्नेमा, त्यस्तो निकायको सहमति/स्वीकृति पत्र

१६. वातावरणीय अध्ययन गर्नुपर्ने भए, सो सम्बन्धी कागजात

१८. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात

१९. उद्योगस्थल भएको जिल्ला भन्दा फरक स्थानमा रजिष्टर्ड कार्यालय रहेका कम्पनीहरूको हकमा, अन्य प्रदेश/जिल्लामा उद्योग दर्ता नरहेको स्वःघोषणा, अन्य प्रदेश/जिल्लामा उद्योग दर्ता रहेको भए, परियोजना विवरणमा एकाइहरूको पुँजी, क्षमता लगायतको तुलनात्मक विवरण समेत संलग्न गर्ने,

२०. बहुउद्देश्यीय (उद्योग र वाणिज्य दुबै सम्बन्धी उद्देश्य भएका) कम्पनीको हकमा, पुँजी उपयोगको तुलनात्मक विवरण संलग्न गर्ने

ख) उद्योगको पुँजी/क्षमता वृद्धि, उद्देश्य थप लगायत विवरण हेरफेरका लागि आवश्यक कागजात

१. रीतपूर्वक भरेको निवेदन

२. उद्योगको पुँजी, उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवा, आवश्यक कच्चा पदार्थ, मेशिनरी विवरण, रोजगारी, विद्युत शक्ति खपतको तुलनात्मक विवरण सहित खुलेको परियोजना प्रस्ताव (फाइनान्सियल स्कीम) -२ प्रति

३. पछिल्लो आर्थिक वर्षको पुँजी उपयोग, कच्चा पदार्थ खपत लगायतको वार्षिक विवरण (दिइएको ढाँचा बमोजिम), लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

४. साझेदारी फर्मको हकमा, साझेदारहरूको निर्णय

५. कम्पनीको हकमा, संचालक समितिको निर्णय

६. कम्पनी दर्ता पश्चात् पुँजी, शेयरधनी रजिष्टर्ड कार्यालय लगायतको संशोधन भएको भए, अद्यावधिक शेयर लगत, संशोधन सम्बन्धी पत्र, निर्णय लगायतका कागजात

७. अन्य निकायको सहमति/स्वीकृति आवश्यक पर्नेमा, त्यस्तो निकायको सहमति/स्वीकृति पत्र

८. वातावरणीय अध्ययन गर्नुपर्ने भए, वातावरणीय अध्ययनसँग सम्बन्धित कागजात

९. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात

(अवस्था अनुसार दर्ता गर्ने निकायका कर्मचारीहरूबाट उद्योग निरीक्षण गराइ सोको प्रतिवेदन आवश्यक पर्न सक्ने)

ग) उद्योग स्थानान्तरणका लागि आवश्यक कागजात

१. रीतपूर्वक भरेको निवेदन

२. जग्गाधनी लालपूर्जाको प्रमाणित प्रतिलिपि

३. भाडामा लिएको हकमा, जग्गा/घर भाडा सम्झौता

४. उद्योग रहने स्थानको नक्सांकन सहितको विवरण

५. स्थानीय तहबाट भएको सिफारिस पत्र

६. स्थानीय तहबाट चारकिल्ला प्रमाणित पत्र

७. चौतर्फी साँधसधियार सहित न्यूनतम ७ जना सम्मिलित सर्जमिन मुचुल्का

८. घनाबस्ती, वन वा अन्य संवेदनशील क्षेत्रको दुरी खुलेको पत्र/कागजात

९. नजिकैको अन्तरार्ष्ट्रिय सीमानासम्मको दुरी खुलेको पत्र/कागजात

१०. उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवा, आवश्यक कच्चा पदार्थ, मेशिनरी विवरण, रोजगारी, विद्युत शक्ति खपत सहित खुलेको परियोजना प्रस्ताव (फाइनान्सियल स्कीम) -२ प्रति

११. कर दर्ता प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

१२. साझेदारी फर्मको हकमा, साझेदारहरूको निर्णय

१३. कम्पनीको हकमा, संचालक समितिको निर्णय

१४. कम्पनी दर्ता पश्चात् पुँजी, शेयरधनी रजिष्टर्ड कार्यालय लगायतको संशोधन भएको भए, अद्यावधिक शेयर लगत, संशोधन सम्बन्धी पत्र, निर्णय लगायतका कागजात

१५. अन्य निकायको सहमति/स्वीकृति आवश्यक पर्नेमा, त्यस्तो निकायको सहमति/स्वीकृति पत्र

१६. वातावरणीय अध्ययन गर्नुपर्ने भए, वातावरणीय अध्ययनसँग सम्बन्धित कागजात

१७. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात

(अवस्था अनुसार दर्ता गर्ने निकायका कर्मचारीहरूबाट उद्योग निरीक्षण गराइ सोको प्रतिवेदन आवश्यक पर्न सक्ने)

घ) उद्योग (फर्म) नवीकरणका लागि आवश्यक कागजात

१. रीतपूर्वकको निवेदन

२. उद्योग दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि

३. पछिल्लो आर्थिक वर्षको पुँजी उपयोग, कच्चा पदार्थ खपत लगायतको वार्षिक विवरण (उपलब्ध ढाँचा बमोजिम)

४. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

 (अवस्था अनुसार दर्ता गर्ने निकायका कर्मचारीहरूबाट उद्योग निरीक्षण गराइ सोको प्रतिवेदन आवश्यक पर्न सक्ने)

ङ) सहुलियत सिफारिस माग गर्न आवश्यक कागजात

१. रीतपूर्वकको निवेदन

२. उद्योग दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि

३. पछिल्लो आर्थिक वर्षको पुँजी उपयोग, कच्चा पदार्थ खपत लगायतको वार्षिक विवरण (उपलब्ध ढाँचा बमोजिम)

४. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

(अवस्था अनुसार दर्ता गर्ने निकायका कर्मचारीहरूबाट उद्योग निरीक्षण गराइ सोको प्रतिवेदन आवश्यक पर्न सक्ने)

च) उद्योग सञ्चालन म्याद थप माग गर्न आवश्यक कागजात

१. रीतपूर्वकको निवेदन

२. उद्योग दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि

३. उद्योग स्थापना तर्फ भएको प्रगति विवरण र भावी कार्य योजना

(अवस्था अनुसार दर्ता गर्ने निकायका कर्मचारीहरूबाट उद्योग निरीक्षण गराइ सोको प्रतिवेदन आवश्यक पर्न सक्ने)

छ) उद्योग खारेजी/लगत कट्टा माग गर्न आवश्यक कागजात

१. रीतपूर्वकको निवेदन

२. उद्योग दर्ता प्रमाणपत्रको सक्कल

३. सम्बन्धित आन्तरिक राजश्व कार्यालयको सहमति

४. लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

(साझेदारी फर्म/कम्पनीको हकमा, लिक्विडेटरको प्रतिवेदन आवश्यक पर्न सक्ने)

ज) एकाइ उद्योग दर्ता माग गर्न आवश्यक कागजात

१. रीतपूर्वक भरेको उद्योग दर्ता निवेदन र परियोजनाको विवरण

२. मूल उद्योग र प्रस्तावित एकाइ सहित एकाइहरूको तुलनात्मक विवरण सहित प्रस्तावित एकाइ उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवा, आवश्यक कच्चा पदार्थ, मेशिनरी विवरण, रोजगारी, विद्युत शक्ति खपत सहित खुलेको परियोजना प्रस्ताव (फाइनान्सियल स्कीम) -२ प्रति

३. जग्गाधनी लालपूर्जाको प्रमाणित प्रतिलिपि

४. भाडामा लिएको हकमा, जग्गा/घर भाडा सम्झौता वा मञ्जुरीनामा

५. उद्योग रहने स्थानको नक्सांकन सहितको विवरण

६. स्थानीय तहबाट भएको सिफारिस पत्र

७. स्थानीय तहबाट चारकिल्ला प्रमाणित पत्र

८. चौतर्फी साँधसधियार सहित न्यूनतम ७ जना सम्मिलित सर्जमिन मुचुल्का (घनाबस्ती, वन वा अन्य संवेदनशील क्षेत्रको दुरी तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको जिल्लाको हकमा, नजिकैको अन्तरार्ष्ट्रिय सीमानासम्मको दुरी खुलेको विवरण सहित )

९. मूल उद्योग/कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

१०. साझेदारी फर्मको हकमा, संशोधित साझेदारी सम्झौता र साझेदारहरूको निर्णय,

११. कम्पनीको हकमा, संचालक समितिको निर्णय

१२. कम्पनी दर्ता पश्चात् पुँजी, शेयरधनी रजिष्टर्ड कार्यालय लगायतको संशोधन भएको भए, अद्यावधिक शेयर लगत, संशोधन सम्बन्धी पत्र, निर्णय लगायतका कागजात

१३. अन्य निकायको सहमति/स्वीकृति आवश्यक पर्नेमा, त्यस्तो निकायको सहमति/स्वीकृति पत्र

१४. वातावरणीय अध्ययन गर्नुपर्ने भए, सो सम्बन्धी कागजात

१५. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात

१६. बहुउद्देश्यीय (उद्योग र वाणिज्य दुबै सम्बन्धी उद्देश्य भएका) कम्पनीको हकमा, पुँजी उपयोगको तुलनात्मक विवरण संलग्न गर्ने

झ) मूल उद्योग र एकाइ उद्योग एकीकरण

१. रीतपूर्वक भरेको उद्योग दर्ता निवेदन र परियोजनाको विवरण

२. एकीकरण हुने मूल उद्योग र एकाइहरूको तुलनात्मक विवरण सहित प्रस्तावित एकीकृत उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवा, आवश्यक कच्चा पदार्थ, मेशिनरी विवरण, रोजगारी, विद्युत शक्ति खपत सहित खुलेको परियोजना प्रस्ताव (फाइनान्सियल स्कीम) -२ प्रति

३. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

४. साझेदारी फर्मको हकमा, साझेदारहरूको निर्णय

५. कम्पनीको हकमा, संचालक समितिको निर्णय

६. कम्पनी दर्ता पश्चात् पुँजी, शेयरधनी रजिष्टर्ड कार्यालय लगायतको संशोधन भएको भए, अद्यावधिक शेयर लगत, संशोधन सम्बन्धी पत्र, निर्णय लगायतका कागजात

७. अन्य निकायको सहमति/स्वीकृति आवश्यक पर्नेमा, त्यस्तो निकायको सहमति/स्वीकृति पत्र

८. वातावरणीय अध्ययन गर्नुपर्ने भए, सो सम्बन्धी कागजात

९. निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भए सोको अख्तियारी पत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात

१०. बहुउद्देश्यीय (उद्योग र वाणिज्य दुबै सम्बन्धी उद्देश्य भएका) कम्पनीको हकमा, पुँजी उपयोगको तुलनात्मक विवरण संलग्न गर्ने

ञ) निजी फर्मबाट साझेदारीमा / साझेदारीबाट निजी फर्ममा रूपान्तरणका आवश्यक कागजात

१. रीतपूर्वकको निवेदन

२. साझेदारी सम्झौता (साझेदारीमा लान)/ साझेदारहरूको निर्णय र हक हिस्सा छोडेको छोडपत्र (निजीमा लान)

३. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र

ट) फर्मबाट कम्पनीमा रूपान्तरण भई अभिलेखका लागि प्राप्त निवेदन साथ संलग्न हुनुपर्ने विवरण, कागजात तथा प्रक्रियाः

१. कम्पनी दर्ता प्रमाणपत्रको छायाँप्रति

२. स्वीकृत प्रवन्धपत्र र नियमावलीको छायाँप्रति

३. स्थायी लेखा नम्बर प्रमाणपत्रको छायाँप्रति

४. सञ्चालक समितिको निर्णय

५. सञ्चालक/शेयरधनीहरूको नागरिकताको प्रमाणपत्रको छायाँप्रति

६. कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित शेयर लगत

७. परियोजना विवरण (स्कीम)

८. साविक फर्मको लेखापरीक्षण प्रतिवेदन, करचुक्ता प्रमाणपत्र, उत्पादन तथा कच्चा पदार्थ खपत विवरण (रूपान्तरण भएको आ.व. सम्मको)

९. अख्तियारनामा (कागजात बुझ्न/बुझाउनका लागि)

१०. साविक फर्मको कूल पुँजी बराबर वा सो भन्दा बढी कम्पनीको अधिकृत पुँजी हुनुपर्ने

११. प्रवन्धपत्र/ वार्षिक साधारणसभाको निर्णयमा फर्म प्राप्ति गरेको व्यहोरा उल्लेख हुनुपर्ने

१२. उद्देश्य/प्रकृति अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउनुपर्ने

१३. साविक फर्मको सक्कलै प्रमाणपत्र बुझाउनुपर्ने/कार्यालयले खिच्ने

१४. सञ्चालकमध्येबाट एकजना सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने